काभ्रेमा मानव कङ्काल फेला

admin

बनेपा, असोज २: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ लामागाउँस्थित ठूलो गहिरो जङ्गलमा आज मानव कङ्काल फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले रुखमा नाइलनको डोरीमा हड्डीको सानो भाग अड्किएको र जमिनमा हड्डी मात्रै थुप्रिएर रहेको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

प्रहरीले सो क्षेत्रबाट मानव कङ्कालको हड्डी, निलो रङको ट्र्याकसुट, प्लास्टिकको कालो रङको जुत्ता, कालो रङको खाली झोला फेला पारेको छ । प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “घटनास्थलको अवस्था हेर्दा पुरुषको जस्तो देखिन्छ, फेला पारिएका कङ्काल परीक्षणको लागि काठमाडौँस्थित फरेन्सिक मेडिसिन विभाग, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएका छौँ ।”
-रासस

प्रतिक्रिया