वीरगञ्जमा सडक बत्तीबाट २० हजार लाभान्वित

admin

वीरगञ्ज, २२ असोज: पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाको सदरमुकाम भिस्वादेखि दुर्गमको मिर्जापुर गाउँसम्म करीब साढे ६ किमीसम्म स्ट्रीट सोलार लाइट(सडक सौर्यबत्ती) जडान गरिएको छ । यसबाट त्यस भेगका करीब २० हजार जनसङ्ख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७४ । ०७५ को योजनाअन्तर्गत गाउँपालिका वडा नं १ देखि ५ सम्म भिस्वा, जयमङ्गलपुर, टिहुकी, मmलमैया हँुदै मिर्जापुरसम्म बत्ती जडान गर्ने लक्ष्य रहेकामा पहिलो चरणमा ४० बत्ती जडान गरिएको छ ।

प्रतिबत्ती रु एक लाख पाँच हजार ३०० का दरले हाल रु ४२ लाख १२ हजारमा ४० बत्ती जडान गरिएको गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । बाँकी ४० बत्ती दोस्रो चरणको कार्यक्रमअन्तर्गत जडान गरिने छ । भिस्वा बजारबाट पश्चिमी पर्साको भारतीय सीमासँग जोडिएको गाउँसम्म मानिसहरुलाई राति आवतजावत गर्न अप्ठयारो हुने गरेकाले बत्ती जडान भएपछि राति अबेरसम्म मानिसहरुलाई सुरक्षित हिँडडुल गर्न सजिलो भएको वडा नं ३ का वडाध्यक्ष विनोदप्रसाद कानुको भनाइ छ ।

ग्राभेल सडकको दायाँबायाँ ५० मिटरको दूरीमा सो बत्ती जडान गरिएपछि बाटोभरी उज्यालो हुने गरेकाले मानिसहरुलाई सुरक्षित गन्तव्यतर्फ आउनजान सजिलो भएको स्थानीयवासीको भनाइ छ ।
-रासस

प्रतिक्रिया