भक्तपुरमा बसबाट खस्दा सहचालकको मृत्यु

admin

भक्तपुर, २३ असोज: मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ । बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भ¥याङबाट खस्दा अन्दाजी वर्ष २०÷२२ वर्षका सहचालकको मृत्यु भएको हो ।

उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताउनुभयो । सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ । कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।
-रासस

प्रतिक्रिया