पिएनपिखबर, भक्तपुर। डिर्भोस पछाडी आम दर्शकको माझ चिरपरिचित हुन पुगेकी मिना ढकाल अहिले आफ्नै व्यवसायमा व्यस्त छिन्। उनी विभिन्न कारणले गर्दा बेलाबेलामा चर्चामा आइराखेकी हुन्छिन्। कहिले उनी आफ्नो गीत मार्फत चर्चामा आउछिन् त कहिले उनको आफ्नै सामाजिक संजालका क्रियाकलापका कारण।
आफ्नो सोख पुरा गर्न कै लागि उनले तिज गीत देखि आधुनिक गीत समेत सार्वजनिक गरिसकेकी छिन्। छिट्टै उनी चलचित्र समेत बनाउने क्रममा पनि छिन्। हेरौ उनी आफ्नो सपना सफल पार्न कहाँ सम्म सफल हुन्छिन्।
मिना सामाजिक संजालमा निकै नै व्यस्त रहने मध्य पर्छिन्। आफ्नो फेसबुक आइडी मार्फत उनी पुराना फोटो शेयर गर्ने देखि नँया अपडेट्स राखिरहेकी हुन्छिन्। भर्खरै मात्र उनले एक स्टेटस राखेकी छिन् जुन देखेपछी उनका आम फ्यान छक्क परेका छन्। सबैले आ-आफ्नो तर्फबाट प्रतिक्रिया दिएका छन्। उनले आफ्नो पर्सनल फेसबुक आइडीमार्फत ‘आइ एम इन रिलेसन शिप ‘ भनेर स्टेटस राखेकी थिइन्।
अन्तर्वार्तामा उनलाई अत्याधिक आउने प्रश्न भनेको पनि ‘बिहे कहिले गर्नु हुन्छ ? मनले खाएको केटा पाउनु भयो त ?’ यस्तै प्रश्नको दमदार जवाफ दिन पनि होला सायद उनले फेसबुकमा इन रिलेसनशिप भनेर अपडेट गरेकी होलिन्।
शुरुमा उनले यत्तिकै चलाउदा चलाउदै त्यस्तो स्टेटस अपडेट भएछ भनेर भनेता पनि कुरा खोतल्दै जाँदा उनले साच्चै नै आफु कोहिसँग बाधिएको कुरा बताइन्। ‘नेपाली केटा तर हाल विदेशमा बसिरहेको केटा मेरो मनमा छ। हामी बीच निकै समजदारी छ।’ भन्दै उनले आफ्नो सम्बन्धको बारेमा केहि कुराहरु खुलाइन्।
विवाहको बारेमा भने उनलाई केहि हतार नभएको उनले बताइन्। अब कहिले विवाह गर्नु हुन्छ त भन्ने प्रश्नमा हास्दै उनले हाल त्यस्तो केहि नसोचेको स्पस्ट पारिन्। उनले भनिन् ,’जब मैले मनोज गजुरेलसँग डिभोर्स गर्दै थिए उहाँले आफै आफ्नो लागि एकजना राम्रो केटा साथी बनाउ भनेर सजेस्ट गरेका थिए। त्यसैले उहाँलाई मेरो अर्को सम्बन्धमा उहाँलाई कुनै आपत्ति छैन।’
उनको अहिलेको प्रेमिल सम्बन्ध विवाहमा परिणत हुन्छ हुन्न भन्ने कुरा चाही अझै अन्योलमा नै छ।
बाँकी रमाइलो कुरा हेर्नुहोस् भिडियोमा :