काठमाडौँ: लायन्स क्लब अफ आखिझ्यालले मंगलबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा समाजसेवी बिनयजंग बस्नेतलाई नगद रु ११ हजार १ सय एघार सहित सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बन मन्त्रि शक्ति बस्नेतले विभिन्न कारणले मृत्यु भइ परिवारजन सम्पर्कमा आउन नसकी अस्पताल आदिमा बेवारिसे अवस्थामा रहेका शबहरु जिम्मा लिइ कोहि पनि बेवारिसे हुन नपरोस भन्ने उधेश्यले व्यक्तिगत रुपमा सद्गत गराउने जस्तो महत्वपूर्ण र अनुकरणीय कार्य गरेको भन्दै समाजसेवी बस्नेतलाई नगद सहित सम्मान गरेका हुन् ।
‘एक सोचले मानिसको जीवन परिवर्तन हुन्छ अब यी बेवारिसेहरुको हामि हुनुपर्छ’ भन्ने मूल नाराका साथमा बस्नेतको अध्यक्षतामा एक्सन फर सोसल चेन्ज संस्थाले बिगत ३ बर्ष देखि काम गर्दै आइरहेको छ। समाजमा बेवारिसेहरुलाई तल्लो स्तरमा तिरस्कार गरेको अवस्थामा टिकाथलीका समाजसेवी बिनयजंग बस्नेत भने अस्पतालमा रहेका बेवारिसे सबहरूलाई घाटमा लागि आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गर्ने गर्दछन्। उनले अहिलेसम्म ११५ बेवारिसे शबलाई आफ्नै हातले दाहसंस्कार गरिसकेका छन ।