काठमाडौं, २७ असोज : यातायात कार्यालयले सञ्चालन गर्ने ट्रायल स्पट (ट्रायल लिने ठाउँ) का विभिन्न कुनामा सीसीटीभी राखिएको छ । ट्रायलका क्रममा कर्मचारीले बदमासी गरेर फेल भएकालाई पास गराउन नसकुन् भन्ने उद्देश्यले सीसीटीभी जडान गरिएको हो । तर, पछिल्लो समय सीसीटीभी निगरानीकै बाबजुद कर्मचारीले ‘घूस’ खाएर ट्रायल फेल भएकालाई ‘पास’ उल्लेख गरी लाइसेन्स जारी गरेको भेटिएको छ ।
‘उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा ट्रायलमा उपस्थित नै नभएका र फेल भएकालाई समेत लाइसेन्स जारी गरेको भेटियो,’ अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने, ‘प्रक्रियामा संलग्न कर्मचारीमाथि पदको दुरुपयोग गरी गलत काम गरेको आरोपमा भ्रष्टाचार मुद्दा चलाइएको हो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।