सडक विस्तार कछुवाको गतिमा, ठेक्का पाएको ६ वर्षसम्म बनेन सडक

admin

ललितपुर, २८ असोज : सकुन्तलाल हिराचनको युनाइटेड विल्डर्सले चापागाउँ दोबाटोदेखि ढोलाहिटिसम्मको दुई दशमलब एक किलोमिटर सडक खण्ड विस्तार र कालोपत्रेको ठेक्का पाएको ६ वर्ष बितिसकेको छ। सम्झौताअनुसार विल्डर्सले ३ वर्षअघि नै सडक विस्तार र कालोपत्रेको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर अझैसम्म पनि काम सम्पन्न हुन सकेको छैन।

अझै पनि ६ सय ३० मिटर खण्डमा कालोपत्रे गर्न बाँकी छ। सडकको स्तरोन्नति गर्न ढिलाइ गर्दा सर्वसाधरणले सास्ती थेग्न नसकेर विभिन्न समयमा आन्दोलनसमेत गर्नुपरेको थियो। ठेकेदारले दशैंअगाडि जुनसुकै हालतमा सडकको बाँकी खण्ड कालोपत्रे गर्ने भने पनि त्यो काम नहुने पक्कापक्की जस्तै भएको खबर अाजकाे नेपाल समाचारपत्रमा छ।

ठेकेदारले बल्ल सडकमा गिट्टी बिछ्याउन थालेको छ। कालोपत्रे गर्ने काम भने दशैंपछि मात्रै हुने निश्चितप्रायः भएको छ। डिभिजन सडक कार्यालय ललितपुरका इन्जिनियर लक्ष्मण रावलले दशैंपछि मात्रै उक्त सडक कालोपत्रे हुने बताउनुभयो। दशैंअघिसम्म बेस बिछ्याउने काम गरेर दशैंलगत्तै सडक कालोपत्रे हुन सक्ने उहाँले दाबी गर्नुभयो। ‘बेस बिछ्याएर केही दिन राख्नुपर्ने हुन्छ। बेस बिछ्याएकै दिन हतारमा पिच गरेर हुन्न’, उहाँले भन्नुभयो– ‘ल्याब टेस्ट पनि गर्नुप¥यो त्यस कारण दशैंअघि पिचको सम्भावना छैन।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू