शरीरको सेतो धर्सा हटाउन देखि आखामुनिको कालो हटाउनसम्म यसरी प्रयोग गर्नुहोस् बेबी अयल

रिता घिसिंग

पिएनपिखबर : सायद, तपाई यसबारेमा अनविज्ञ हुनुहुन्छ कि बेबी अयलले बच्चाहरुको मसाज गर्नुको साथै तपाइको सुन्दरतामा निखारता पनि ल्याउछ भनेर । यदि तपाईले कोहि आफ्नो साथीको ब्यागमा बेबी अयल देख्नु भयो भने चकित नपर्नुहोस्। आजकल प्राय केटीहरुले आफ्नो ब्यूटी प्रोडक्ट्सको साथमा बेबी अयलको प्रयोग गर्ने गर्छन। बेबी अयलमा भिटामिन इ पाइन्छ। जसले तपाइको छाला नरम बनाउछ। आज हामी तपाइलाई बेबी अयलले तपाईको सुन्दरतामा कसरी निखारता आउछ भन्ने बारे जानकारी गराउदैछौ।

१, बडी मसाज
यसो भन्दा तपाई सोचिरहनु भाको होला कि हामी तपाइको बच्चाको मसाजको कुरा गरिरछु। तर यस्तो होइन। हामी तपाइको बडी मसाजको कुरा गरिरछौ। नुहाईसकेपछि तपाई आफ्नो बडीमा बेबी अयल लिएर मसाज गर्नुहोस्। यसो गर्नाले तपाइको बडी नरम र मुलायम हुन्छ। यदि तपाइको छाला एकदम सुख्खा छ भने बेबी अयल प्रयोग गर्नु राम्रो हुन्छ।

२, मेकअप रिमूभर
तपाइलाई थाहा नै छ मेकअप रिमूभर गर्न कति महँगो छ भनेर तर अब तपाई चिन्ता नलिनु, किनकि मेकअप रिमूभरको सट्टामा तपाई बेबी अयल प्रयोग गर्न सक्नु हुन्छ। यसको लागि बेबी अयललाई आफ्नो अनुहारमा लगाउनुहोस्। यस पश्चात पानीले मुख धुनुहोस।

३, आखामुनिको कालो हटाउन
यदि तपाइको आखाको वरिपरी कालो छ भने तपाई बजारको बिभिन्न क्रिमहरु लगाउनुको सट्टामा तपाई आफ्नो घरमै बेबी अयल प्रयोग गरि हटाउन सक्नु हुन्छ। बेबी अयलको केहि थोपा हातमा राखेर टिसु पेपरको मद्दत लिएर आखाको वरिपरी कालो भागमा लगाउनुहोस्। यस बिधि अपनाउनाले आखाको मुनि रहेको कालो हटेर जान्छ।

४, ओठको कालो हटाउन
बेबी अयलमा चिनी मिसाएर ओठमा मसाज गर्नुहोस्। यो सुत्ने बेलामा लगाउनुहोस्। यसो गर्नाले तपाइको ओठको कालो हट्छ र नरम हुने गर्छ।

५, खुट्टा फुटेको निको पार्न
यदि तपाइको खुट्टा फुटेको छ भने बेबी अयलको प्रयोग गर्न सक्नु हुन्छ। बेबी अयल, अलिकति नुन र चिनीको स्क्रब पेस्ट बनाएर सुख्खा भएपछि उक्त पेस्टले खुट्टा मसाज गर्नुहोस्, यसपछि सुतिको मोजा लगाएर सुत्नुहोस्। बिहान उठ्दा तपाइले आफ्नो खुट्टा नरम र कोमल भएको पाउनु हुनेछ।

६, हात सफा गर्न
तपाई बेबी अयल मेनिक्योरको जस्तै गरि प्रयोग गर्न सक्नु हुन्छ। यसले तपाइको हात नरम हुन्छ।

७, शरीरको धर्सा हटाउन
गर्व अवस्थामा प्राय महिलाहरु सेतो धर्सा आउछ। यसलाई हटाउन बजारमा विभिन्न तेलहरु पाइन्छ, जुन धेरै महगो हुने गर्छ। यसको सट्टामा तपाई बेबी अयलको प्रयोग गरि सेतो धर्साहरु हटाउन सक्नु हुन्छ।

प्रतिक्रिया