चायापोतोबाट मुक्ति पाउन अपनाउनुहोस् यी ३ तरिका

रिता घिसिंग

तरिका १ः केही पत्ता कालो तुसीको रसमा थोरै मह र तीन –चार थोपा कागतीको रस मिसाएर प्याक तयार पार्ने । यो प्याकलाई राति सुत्नु अघि लगाएर २० मिनेटपछि पखाल्ने । यो प्याक नियमित लगाउँदा चायाको समस्या भएकालाई फाइदा गर्छ।

तरिका २ः एक चम्चा काँचो दुध , आधा चम्चा कागतीको रस , आधा चम्चा गोलभेडाको रस र पाउरोटीको सेतो भाग मिसाएर प्याक तयार गर्ने । राति सुुत्नु अघि यो प्याक अनुहारमा लगाएर २० मिनेटपछि पखाल्ने । नियमित यसो गर्दा चायाबाट राहत मिल्छ ।

तरिका ३ः ठुलो एक चम्चा मुगीको दाल, सानो एक चम्चा दही, अण्डाको सेतो भाग, आधा भाग कागतीको रस , आधा चम्चा मह तथा एक चिम्टी बेसार मिसाएर प्याक बनाउने । सुत्नुअघि अनुहारमा लगाएर २० मिनेटपछि पखाल्ने । नियमित यस्तो प्याक लगाउँदा केही दिनमा चाया हट्छ ।

प्रतिक्रिया