वि.सं. २०७५ आश्विन २९ गते सोमबारको राशिफल हेर्नुहोस

रिता घिसिंग

वि.सं. २०७५ आश्विन २९ गते सोमबार तदनुसार ई. सं. २०१८ अक्टोबर १५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:३८ बजे, आश्विन शुक्लपक्षको षष्ठी तिथि, बिहान ०९:०१ बजेसम्म, त्यसपछि सप्तमी तिथि, मूल नक्षत्र, साँझ ०५:२५ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), शोभन योग, बिहान १०:०२ बजेसम्म, त्यसपछि अतिगण्ड योग, तैतिल करण, बेलुका ०९:५० बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पश्चिम, वारशूल : पूर्व, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कात्यायनी भगवतीको पूजा आराधना गर्ने दिन, सरस्वतीको आह्वान, बिल्व निमन्त्रण

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–अरुको उपकारमा समय बढि खर्च हुनेछ आफ्नो उपकार गर्ने कोहि हुने छैनन । फलदायी यात्राको सम्भावना देखिन्छ । समय अरुलाई दिदा आफ्ना काम अधुरा रहने छन् । आस्था र विश्वास बढ्नेछ । मानसिक तनाव घट्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । मनसिक चिन्ता बढ्नेछ । कार्य शिथिलता बढ्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन नास हुनेछ । विश्वास गरेकाले धोका दिने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)– आयत निर्यात व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । दामपत्य जीवन सुखमय नै रहला । सामान्य सहयोग पाईनेछ । नयाँ विषय बस्तुले प्राथमिकता पाउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)– विरोधीको सामना गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।मनमा भय त्रास उत्पन्न हुनेछ । सामान्य खटाईबाट काम बन्ने छैनन । परिश्रमको फल राम्रै निस्कनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – अलमलमा नपरि काम गर्नुहोला । समयमा निर्णय लिन सकिएन भने अवसर गुम्नेछ । पठन पाठनमा अवरोध आउनेछ । घर परिवारबाट सामान्य सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)– पारिवारिक समस्या बढ्नेछन । उपभोग्य समान खरीद गर्नु पर्ने अवस्था आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । आफन्तको काम गरेर जश भने कम मिल्नेछ । व्यापार घट्नेछ । मनमा शान्ति मिल्ने छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । सहास,धैर्यता र पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछन् । आर्थिक क्षेत्रमा उन्नति प्रगति राम्रै हुनेछ । व्यापार बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–समय सामान्य अनुकुल देखिन्छ । लगनशिल भई काम गरेरमा धेरै क्षेत्रमा सफलता मिल्नेछ । कारोवार गर्दा सतर्क भने हुनै पर्ने देखिन्छ । ऋण लगानी नगर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । धन दिने काम नगर्नु होला । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । गरेका काम सहज र सरल तरिकाबाट सम्पादन हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)– व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । फजुल खर्च बढ्न सक्छ । काम गरेर जश भन्दा अयश बढि मिल्नेछ । जोखिम मोलेर काम नगर्नु होला । यात्रा गर्दा सतर्क रहनु होला,चोटपटकको भय देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)– समयले साथ दिनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । बक्यौता रकम उठ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– गतिरोधको अन्त्य हुनेछ । सामाजिक काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ । ठुलो व्यक्तिसँग सामिप्यता बढ्नेछ । आय आर्जन बढ्नेछ । काममा तपाईले सोचे भन्दा राम्रो प्रगति हुनेछ । अनुशन्धानमा सफल हुनुहुनेछ ।

प्रतिक्रिया