समृद्धिका लागि राजनीतिभन्दा माथि उठ्छौ : शहरी विकासमन्त्री राई

रिता घिसिंग

नेपालगञ्ज, बाँके, २९ असोज : शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज शहरलगायत बाँके जिल्लालाई नै विकासको दृष्टिकोणबाट नमूना जिल्ला बनाउन मन्त्रालयबाट योजना छुट्याएको बताउनुभएको छ । ।

मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ नेपालगञ्जले यहाँ आज आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री राईले शहरी मन्त्रालयअन्तर्गत बाँकेमा भेरी अञ्चल अस्पतालको स्तरोन्नति, राष्ट्रियस्तरको पार्क र धर्मशालाको निर्माण, महिला स्नातकोत्तर कलेज स्थापना, सभा हल तथा सडक सुधार लगायतका भौतिक संरचना निर्माण गर्ने काम प्राथमिकतामा राखिएको छ भन्नुभयो ।

उहाँले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा सम्पन्न गर्न बजेटलगायतका आवश्यक सबै कुराको अभाव हुन नदिन आफू पूर्णरुपमा लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । प्रदेश सांसद सुरेन्द्र हमाल र मोहम्मद याकुव हल्वाइले प्रतियोगिताको सफलताका लागि आफूहरु लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–रासस

प्रतिक्रिया