कैदीबन्दीलाई च्याङ्ग्रा र चिउरा वितरण

admin

बलेवा, २९ असोज  :  बडादशैँका अवसरमा बागलुङ उद्योग वाणिज्य सङ्घले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई आज च्याङ्ग्रा र चिउरा वितरण गरेको छ ।

यस वर्ष पनि सङ्घले कैदीबन्दीलाई दशैँको अनुभूति दिलाउन सो सहयोग गरेको सङ्घका अध्यक्ष जयराम भारीले बताउनुभयो । प्रजिअ वेदप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मी र अध्यक्ष भारीले बन्दी नाइके सूर्य नेपालीलाई ती वस्तु हस्तान्तरण गर्नुभएको थियो । रासस

प्रतिक्रिया