सडक दुर्घटनामा २१ को मृत्यु, ६१ घाइते

admin

याङगुन, २९ असोज : म्यानमारको याङगुन—मण्डलाय राजमार्गमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् ।

फाइल फोटो

यही अक्टोबर एकदेखि अक्टोबर १४ सम्मको दुई हप्तामा भएका २२ दुर्घटनामा ठूलो संख्यामा मृत्यु र घाइते भएको अधिकारीहरूले जनाएका हुन् ।
राजमार्ग प्रहरी कार्यालयले सोमबार दिएको जानकारी अनुसार तीव्र गति, चालकको लापर्वाही, विग्रिएका सवारी साधनलगायतका कारणले धेरै दुर्घटना हुनेगरेका छन् ।

म्यानमारका राजमार्गहरूमा यस्ता सवारी दुर्घटनाहरू वेला वेलामा भइरहने गरेको समाचारमा जनाइएको छ ।
यातायात क्षेत्रका अधिकारीहरूले दुर्घटना न्युनिकरणका लागि सुरक्षित यात्रा, ट्राफिक नियमको पालनालगायतका विषयमा अभियानहरू पनि चलाइरहेका छन् ।
म्यानमारको याङगुन—मण्डलाय राजमार्गमा गत बर्ष मात्रै झण्डै ५५५सवारी दुर्घटना भएका थिए । ती दुर्घटनाहरूमा परी ११६ जनाको मृत्यु भएको थियो भने ८६३ जना घाइते भएका थिए । रासस÷सिन्ह्वा

प्रतिक्रिया