अबुजा, ३० असोज (रासस/एएफपी) : इस्लामिक स्टेट्सआवद्ध बोको हराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियामा एक महिला सहायताकर्मीको हत्या गरेका छन् ।अघि नै अपहरण गरिएका ती सहायतकर्मीको हत्या गरिएको बताइएको हो ।
उनीहरुले गत महिनामात्र पनि एकजना सहायताकर्मीको हत्या गरेका थिए । एक महिनापछि आज फेरि अर्को सहायताकर्मीको हत्या गरिएको समाचारमा जनाइएको छ ।
उनीहरुले हिंसात्मक द्वन्द्वका कारण अप्ठेरोमा परेका नागरिकलाई सहयोग गर्न पुगेका स्वदेशी तथा विदेशी सहायताकर्मीको हत्या गर्ने गरेका छन् ।
बोर्नो राज्यको दुर्गम इलाकामा रहेको राना शहरबाट गत मार्च १ मा उनीहरुले तीनजना महिला स्वास्थ्यकर्मीलाई अपहरण गरेका र पछि उनीहरुको पनि हत्या गरेका थिए ।
बोको हराम आतङ्ककारी समूहले अपहरण गरेको ती महिला सहायतकर्मीमा इन्टरनेसनल कमिति अफ द क्रोस (आसिआसि) दुइजना र युनिसेफ एक जना कार्यरत रहेका थिए ।