मुसिकोट दुर्घटनाका घईतेलाई नेपालगञ्ज ल्याईयो

admin

रुकुम पश्चिम, ३० असोज : आज अपराह्न भएको दुर्घटनामा परी घाइते भएका दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

मुसिकोट नगरपालिका–१ सल्लेमा भएको दुर्घटनामा परी घाइते भएका सल्लेका आठ वर्षीय जेनिस बिसी र गाडी चालक सर्लाहीका रामकुमार शङ्करलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । “घाइतेलाई लिनका लागि हेलिकप्टर बोलाइएको थियो”, प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले भन्नुभयो, “शुरुमा त हेलिकप्टर आउने भनिएको थियो तर रात पर्न थालेपछि हेलिकप्टर आउन मानेन र एम्बुलेन्समार्फत पठाइएको छ ।”

घाइतेको अवस्था गम्भीर भएकाले एम्बुलेन्समै एक चिकित्सकसमेत पठाइएको छ । सल्लेबाट सफाइका लागि मूलखोला आउँदै गरेको बा३ख ७४६१ नंको गाडी अपराह्न दुर्घटना हुँदा सल्लेका नौ वर्षीय प्रयास बिसीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । रासस

प्रतिक्रिया