पाठ्यक्रममै योग शिक्षा राखिने : मन्त्री पोखरेल

admin

बर्दिवास, ३१ असोज : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ । बडादशैँको पूmलपातीको दिन पारेर मङ्गलबार नगरपालिकाले बर्दिवासमा आयोजना गरेको सातदिने योग शिविरको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैँ योग साधनामा सामेल भएर शुभारम्भ गर्नुभयो ।

सो अवसरमा मन्त्री पोखरेलले योगले शरीरमात्र नभई मन, बिचार र कामप्रतिको लगनलाई पनि स्वस्थ्य राख्ने बताउनुभयो । सद्बिचार, सद्आचरण र सत्कर्म अवलम्वनमा योगले सघाउने उहाँको भनाइ छ ।

“योगले मानव मन र शरीरलाई जोड्ने कुरा विज्ञानले पुष्टि गरेको छ” मन्त्री पाखरेलले योग शिविरमा सहभागीलाई हाँैस्याउँदै भन्नुभयो, “अब योगलाई शिविरमा मात्र होइन, आफ्नै घरमा नियमित दैनिक तालिकामा गाभ्नुहोस् ।” वर्तमान सरकारले योगलाई उच्च प्राथमिकतामै राखेर अब माध्यमिक तहको पठनपाठनमा पाठ्यक्रममै राख्न लागेको उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले ६२ प्रतिशत नसर्ने रोगको भयानकता बताएको तर्फ इङ्गित गर्दै योगले यो भयानकता नियन्त्रण गर्ने मन्त्री पोखरेलको भनाइ थियो ।
योग शिविरमा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अब योगलाई अभियानकै रूपमा नगर क्षेत्रमा निरन्तरता दिइने बताउनुभयो । काठमाडौँ इञ्जिनीयरिङ कालिमाटीका योग शिक्षक शान्त खरेलले योग शिविरमा प्रशिक्षण दिँदै हुनुहुन्छ । पहिलोपटक आयोजित शिविरमा ५० जना सहभागी छन् । रासस

प्रतिक्रिया