तलबभत्ता नपाएपछि दशैँ मान्न ऋण खोज्न थाले प्रदेशका कर्मचारी

admin

जिरी, ३१ असोज : प्रदेश माताहातका कर्मचारीले तलबभत्ता नपाएपछि दशैँ मान्न ऋण खोज्न थालेका छन् ।

टाढाटाढाका कर्मचारी उल्टै घरबाट खर्च मगाएर बसको टिकट काटेर घर गएका छन् । जागीर खाएर लिएको तलबभत्ताले घरमा समेत खर्च पु¥याउने बेलामा उल्टै बसको टिकटको लागिसमेत खर्च माग्नु पर्ने अवस्था आएको जिल्ला वन कार्यालय दोलखामा कार्यरत अछामका रेञ्जर कपिल रावलले दुःखेसो गर्नुभयो ।
इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको हालत पनि उस्तै भयो । सरकारी जागीरको पाँच वर्षे अवधिमा उहाँ पहिलोपटक आर्थिक वर्ष शुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दशैँ मनाउन घर फर्किनुभयो ।

डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका एक कर्मचारीले पनि तलव नपाएपछि निराश भएर घर गएका छन् ।
प्रदेश सरकार माताहातका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशुसेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जलउत्पन्न कार्यालयका दोलखाका मात्र २५० कर्मचारी तलब नलिई दशैँ मनाउन बाध्य भएका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख भीष्म न्यौपानेले घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीबाहेकका कर्मचारीको तलब आइतबारसम्म नआएकाले वितरण नगरिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया