दृष्टिविहीन गन्धर्व परिवारलाई आर्थिक सहयोग

admin

तुलसीपुर, १ कात्तिक : तुलसीपुर–४ रक्षाचौकका दृष्टिविहीन रुपा गन्धर्वको परिवारलाई विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन् ।

दृष्टिविहीन गन्धर्व परिवारलाई छोएन दशैँले भन्ने समाचार राससमा प्रकाशन भएसंगै विभिन्न संघसंस्था तथा व्यक्तिले रुपाको घरमा नै पुगेर सहयोग गरेका हुन् ।

अमेरिकामा बस्दै आएका सर्मिला रेग्मी अधिकारी र उहाँका श्रीमान् राजुबिक्रम अधिकारीले विहिवार रुपा गन्धर्वका परिवारलाई सिरक, डसना, ब्ल्यङकेट नयाँ कपडासहित रु १५ हजार सहयोग गर्नुभयो ।

त्यस्तै उद्योगी व्यवसायीको एक टोली उनको घरमै पुगेर दशैं मनाउनका लागि रु २० हजार मूल्य बराबरका चामल, चिउरा, तेल, नुन, पिठो र मासुसहित विभिन्न सामग्री प्रदान गरिएको छ ।

त्यस्तै लायन्स क्लब दाङ, भाग्यलक्ष्मी क्रसर, गौतम पोल्ट्री फर्म लगायतको सहकार्यमा उनीहरुलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरिएको लायन्स क्लव दाङका अध्यक्ष उमेशचन्द्र मजगौयाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया