गत भदौं २३ गते पोखराको बेगनासतालमा डुंगा दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । कमलराज कँडेलको घरमा दर खान गएका पाहुनाहरु बेगनासतालमै डुबेर मरेका थिए ।
डुंगा लापर्बाहिले पल्टीएको भन्दै मृतकको परिवारले कमलराजमाथी मुद्दा हाले र कास्की प्रहरीले उनलाई पक्राउ समेत गरेको छ । डुंगा चलाएका भनिएका रबि नाललाई दर खान डाकिएको थिएन । कमलराजकी श्रीमतीले भने अनुसार कमलको परिवार डाकिएको थिएन, किन आए, किन डुंगा चलाए थाहा नभएको बताईन् ।
यता उक्त घटनामा परेर भाग्यले बाँचेकी निशा पौडेलका अनुसार ठूलोबुबाको लापर्बाहीले डुंगा डुबेको र आउँदा दिनमा यस्तो हुन नदिन उनीमाथी मुद्दा हालिएको स्पष्ट पारिन् । कलमराजकी श्रीमतीले थप घटनाबारे नयाँ रहस्य खोलेकी छन् हेरौं यो भिडियो :