पसलमा आगलागी, रु ८० लाख मूल्यबराबरको मालसामान नष्ट

admin

धनगढी, ५ कात्तिक: धनगढीको उपमहानगरपालिका–२ ट्राफिक चौराहामा रहेको गणेश लक्ष्मी इन्टरप्राइजेजमा आज अपराह्न भएको आगलागीबाट करीब रु ८० लाख मूल्यबराबरको व्यापारिक मालसामान नष्ट भएको छ ।

दुईतल्ले भवनमा रहेको उक्त पसलमा बिजुलीको लाइन चुहावट भएर यो आगलागी भएको हो । आगो लागेको झण्डै एक घण्टापछि धनगढी उपमहानगरपालिकाको दमकलको सहायतामा प्रहरीले आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट प्रेमप्रसाद गौतमको पसलमा रहेको जुत्ता, चप्पललगायत व्यापारिक मालसामान नष्ट भएको छ ।

धनगढी उपमहागरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको छ । आगलागीपछि धनगढी क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

-रासस

प्रतिक्रिया