अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् आजको विनिमय दर

रिता घिसिंग

काठमाडौँ : नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। सोमबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३८ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डरलको खरिददर मूल्य १ सय १७ रुपैयाँ ४० पैसा छ भने विक्रिदर मूल्य १ सय १८ रुपैयाँ रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ३६ पैसा छ। एक यूके पाउण्डको खरिददर १५२ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर १५३ रुपैयाँ ६५ पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ २४ पैसा र विक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ।

प्रतिक्रिया