कागजपत्रविना नै चलाउने ७७९ यातायात कारवाहीमा

admin

विदुर, ६ कात्तिक : बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने र यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरेको छ ।

फूलपातीदेखि नुवाकोट ट्राफिक कार्यालयले दशैँ मनाउन घर फर्कने र दशैँ मनाएर काठमाडाँै फर्कने यात्रुसँग नुवाकोटका यातायात व्यवसायीले मनपरी एकलौटी ढङ्गले भाडा लिई यात्रुलाई ठगी गर्ने बस र माइक्रोबसलाई जाँच गरी बढी भाडा लिने यातायातलाई कारवाही गरिएको हो । ट्राफिक कार्यालयले एक हप्तामा रु ६ लाख ६६ हजार राजश्व पनि उठाएको छ ।
–रासस

प्रतिक्रिया