राजधानीको अस्तव्यस्त सडकमा साझा बस हूईकाउने यी साहसी महिला (भिडियो)

मनिषा थापा

काठमाडौंको अस्तव्यस्त सडकमा सवारी हाक्ने हिम्मत जो कसैलाई हत्तपत्त आउदै तर बिगत दुई बर्ष देखि रेबिका थापाले काठमाडौंमा साझा बस हुईकाएर धेरैको प्रेरणाको स्रोत बनिरहेकी छन्।

महिलाहरु र पुरुषहरुले गर्ने काममा आम समाजको सोचाइ भन्दा पृथक काम गरेर महिलाहरु कमजोर छैनन् भन्ने उदाहरण उनले दिएकी छन्।

काम खोजीमा भौतारिने र आफुलाई पुरुष भन्दा कमजोर सोच्ने महिलाहरुलाई समाजका हरेक गतिविधिमा महिलाहरु पनि कमजोर छैनन् भन्ने तथ्य उनले ब्यवहारमै प्रस्तुत गरेकी छन्।

कामकै खोजीमा बिदेश तिर भौतारिनु भन्दा रेबिका जस्तै नयाँ नयाँ क्षेत्र पहिचान गरि आम नेपाली महिलाहरुलाई पनि स्वरोजगार बन्न सके बिदेशीको मुख ताक्नु पर्ने थिएन कि ?

हेर्नुहोस रेबिका थापा]सँग गरिएको  कुराकानी …

प्रतिक्रिया

सम्बन्धित समाचारहरू