‘मि टु’को प्रभाव नेपालमा पनि : मन्त्रीको यौन प्रस्ताव नमान्दा जागिर गएको फेसबुकमार्फत यी महिला पत्रकारले गरिन खुलासा

मनिषा थापा

एक जना महिला पत्रकारले प्रदेश ३ का मन्त्री तथा काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख केशव स्थापितको यौन प्रस्ताव नमान्दा जागिर खुस्किएको खुलासा गरेकी छिन् ।

भारतमा चलिरहेको ‘मि टु’ सामाजिक सञ्जाल अभियानकै शैलीमा पत्रकार महिला रश्मिला प्रजापतिले फेसबुकमार्फत यस्तो खुलासा गरेकी हुन् । उनले १५ बर्षअघिको घटना स्मरण गर्दै स्थापित मेयर हुँदाका घटना सार्वजनिक गरेकी हुन् । उनले स्थापितको चरित्र अझै पनि उस्तै रहेको उल्लेख गरेकी छिन् ।

उनले नेपालका राजनीतिज्ञ, व्यपारी, कलाकार, मिडिया मालिकबाट महिलामाथि यौन हिंसा भइरहेको खुलासा गरेकी छिन् । केशव स्थापित ‘सेक्सुअल प्रेडेटर’ रहेको आफूले अहिले पनि संसारलाई भन्न चाहेको प्रजापतिले लेखेकी छिन् ।

प्रतिक्रिया