३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान शुरु

admin

खजुरा, ६ कात्तिक  :  बाँके जिल्लाको कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान सोमबारदेखि शुरु भएको छ । राप्ती पीडित सामुदायिक वनको टाँचा नं १३५ रुखलाई सङ्घीय सांसद महेश्वर गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीले आरा चलाएर रुख काट्न शुरु गर्नुभएको थियो ।

राप्तीपारि क्षेत्र बघौडामा विद्युत् पु¥याउने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाको धामपुरमा विद्युत्को सबस्टेशन निर्माण गरिए पनि कोहलपुरदेखि धामपुरसम्म विद्युत्को लाइन विस्तारका लागि वन क्षेत्रले अवरोध पु¥याउँदै आएको थियो ।

नरैनापुर गाउँपालिकाका छ वटै वडा र राप्तीसोनारी गाउँपालिकाका केही वडामा विद्युतीकरणका लागि सबस्टेशन धामपुरसम्म ४५ मध्ये ५.३ किलोमिटर वन क्षेत्र पर्ने भएकाले अवरोध हुँदै आएको थियो ।

कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनका लागि कोहलपुरबाट सबस्टेशन धामपुरसम्म लैजाने बाटामा राप्ती पीडित सामुदायिक वन र समय भवानी समाुदायिक वनको २.२ हेक्टर वन क्षेत्रमा भएका सबै बाधाअड्काउ फुकुवा गरी ५ दशमलव ३ किमी रहेका २१४ रुख काट्न स्वीकृतिसँगै टाँचा लगाई रुख काट्न शुरु गरेपछि २०७५ चैतसम्म सो क्षेत्रमा विद्युतीकरण हुने भएको हो ।

बघौडा क्षेत्रमा विद्युतीकरणका लागि भएको लामो समयदेखिको प्रयासले मूर्तरूप पाएको र आउँदो चैतसम्ममा जुनसुकै अवस्थामा पनि बघौडा क्षेत्र विद्युतीकरण भएरै छाड्ने सांसद गहतराजले बताउनुभयो । रासस

प्रतिक्रिया