मस्र्याङ्दी नदीमा खस्दा फ्रान्सेलीको मृत्यु

admin

बेंसीशहर, ६ कात्तिक : चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न गएका एक फ्रान्सेलीको मृत्यु भएको छ । बेंशीशहरबाट मनाङ घुम्न गएका अन्दाजी ६५ वर्षीय फ्रिलिस्ट गोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । नासो गाउँपालिका–१ सिरानतालबाट मस्र्याङ्दी नदी किनारामा खस्दा गोरको मृत्यु भएको प्रहरीले अनुमान लगाएको छ ।

मस्र्याङ्दी नदी किनारामा आज दिउँसोे गोरको शव फेला परेको थियो । घटनाका बारेमा स्थानीयवासीले खबर गरेपश्चात् घटनास्थलमा पुगी गोरको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । गोरको मृत्युको कारण पुष्टि भएको छैन भने शवपरीक्षणका लागि कहाँ लगिने भन्ने विषयको टुङ्गोसमेत लाग्न नसकेको उहाँले बताउनुभयो ।
-रासस

प्रतिक्रिया