विवाह भएको ११ दिनमै नायिका रूपा थापामगरको दुर्घटनामा परि मृत्यु

रिता घिसिंग

कात्तिक ७, स्याङ्जा : जीपले स्कुटरलाई ठक्कर दिँदा एक नवविवाहित पत्नीको मृत्यु भएको छ । उनका पति घाइते भएका छन । लु १ च ७२५६ नम्बरको जीपले लु ३७ प ३०९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगरको मृत्यु भएको हो।

रुपाको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा उनका पति २७ वर्षीय महेश पुन घाइते भएका छन् । महेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। स्कुटरमा सवार उनीहरु नवविवाहित दम्पती हुन्।

उनीहरूको ११ दिन अघि विवाह भएको थियो । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ विर्घास्थित माइतीघरमा बिहेको दुल्हन फर्काएर घर आउने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै दुर्घटनामा परेका हुन्। रूपा थापामगरले मगर भाषाका विभिन्न फिल्ममा नायिकाको रुपमा अभिनय गरेकी थिईन्।

प्रतिक्रिया