मंगलबार मर्निङवाकमा निस्किएकी अब्दुल मिया मादी नदी किनारमा मृतावस्थामा फेला

admin

दमौली, ७ कात्तिक  :  तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् ।

व्यास नगरपालिका–३ शान्ति नगरको भिरमुनी मादी नदी किनारमा भारत सीतामणि घर भई हाल व्यास नगरपालिका–२ बस्ने ४० वर्षीया अब्दुल मिया मृतावस्थामा फेला परेकी हुन् ।

मङ्गलबार बिहान मर्निङवाकमा निस्किएकी मिया बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । शान्तिनगरको भिर नजिकै लठ्ठी र चप्पल फेला परेपछि प्रहरीले मियाको खोजी गरेको थियो । मृतक मिया प्यारालाइसिसकी बिरामीसमेत रहेकी थिइन् ।

जनप्रतिनिधिद्वारा भत्ता कटाएर भवनलाई सहयोग

व्यास नगरपालिका–१ का जनप्रतिनिधिले आफूले प्राप्त गरेको भत्ता कटाएर व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि आर्थिक सहयोग गरेका छन् ।

वडाध्यक्ष खरसिं दरै, वडा सदस्य चूडामणि दाहाल, नीरबहादुर ठकुरी, राधिका पन्थ, चन्द्रकुमारी सुनार र वडा सचिव भाग्यशाली ढुङ्गानाले आफूले प्राप्त गर्ने भत्तामध्येबाट रु १० हजार १०५ व्यास नगरपालिका–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माणाधीन भवनका लागि सहयोग गरेका हुन् । रासस

प्रतिक्रिया