विदेशबाट ल्याएको पैसा सकेपछि श्रीमान भन्छन ‘तँ अरबीको श्रीमती, मसँग नजिक नआइज, एड्स सर्छ’ (भिडियोसहित)

रिता घिसिंग

कात्तिक ८, काठमाडौँ : बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन)लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्याए। काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे। दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैयाँ लिएर रामकलीलाई सुम्पिए।

बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा भएन। रामकलीले यत्तिमात्रै देखेकी थिइन् कि बंगालीको कोठाबाट अरबीले उनलाई लैजादा १ हजार ५ सय केडी अर्थात सात लाख ८० हजार रुपैया गनेर दिएको थियो।

एक जना नेपाली महिला खाडीमा पुग्दा कति ठाउँमा बिक्री हुँदोरहेछ भन्ने यो एउटा उदाहरण मात्र हो। गत माघ ११ गते नेपालगञ्ज हुँदै दिल्ली जाने बसमा गएकी रामकली १२ गते दिल्ली पुगेकी थिइन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू