सम्पत्ति हडप्न आफ्नै श्रीमती र दाजु मिलेर आमाको किरियास्थलबाटै दिपेन्द्र चौधरीको अपहरण [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  सर्लाही घर भएका दिपेन्द्रको काठमाडौँमा आफ्नै खाद्यान्यको  कारोबार छ। घरमा आमाको क्रिया गर्ने गएको बेला उनको अपरहण भएको थियो। अपहरण गर्नेमा उनको आफ्नै श्रीमती र दाजु मिलेको उनको भनाई छ।

उनले मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै  सुरेन्द्र चौधरीले सरकारी नम्बर प्लेटको गाडीको प्रयोग गरेर आफूलाई अपहरण गरिएको दावी गरे । सम्पत्तिका लागि आफ्नै दाजुको षडयन्त्रमा परेका दिपेन्द्र चौधरीले न्यायका लागि सरकारसँग आग्रह गरेका छन् । आफ्नै दाजु कुशेश्वर चौधरी, मामा राजेन्द्र चौधरी र पूर्व श्रीमती राधा चौधरीको योजनामा आफूलाई अपहरण गरिएको पीडित दिपेन्द्र चौधरीले बताएका थिए।

उनको विवाह भएको ३ वर्ष भयो। उनले आफ्नो बिजनेश काठमाडौँमा हुने भएपछि श्रीमतीलाई आफुसँगै काठमाडौँ ल्याएका थिए। उनीसँग बस्ने क्रममा बिवाह अघिको प्रेमीसँगको म्यासेज र कल गरेको प्रमाण श्रीमतीको मोबाइलमा फेला पर्यो। त्यसपछि श्रीमतीको परिवार र उनको परिवार राखेर सल्लाह बमोजिम  श्रीमतीलाई निकालियो। तर केहि समयपछि उनी कसैसँग गईसकेको छैन भनेर पुन घरमा ल्याइएको चौधरीको भनाई छ। तर श्रीमती घर आएको केहि दिन पछि गहना र लत्ताकपडा बोकी पोईल गरिन।

तर पछि चौधरीका आफ्नै दाजुले उनको श्रीमती घर भित्र्याए। उनका दाजु र श्रीमतीको ग्रयाण्ड डिजाइनमा सम्पति हडप्न योजना बनाएको उनको भनाई छ। उनको २०५८ सालमा पैतृक अंशबन्डा भएको थियो। उनको भागमा ४ बिगा जग्गा छ। उनले केहि न केहि सम्बन्ध नभई आफ्नै दाजु भाईको विरुद्ध नलाग्ने बताए।

अपरहणको क्रममा ७५ लाखको लेन देनको कागजमा ल्याप्ची गराइएको उनको भनाई छ। उनको दाई र उनीबीच सम्पतिकै कारण पहिले देखि सम्बन्ध बिग्रिएको पिएनपिखबरसंगको कुराकानीको क्रममा उनले  बताए ।

उनी प्राय काठमाडौँ मै बस्ने गर्दथे। तर उनलाई पटक-पटक आमा विरामी छन् भन्दै दाजु र श्रीमतीले बोलाएर गुण्डा लगाएर मार्ने र अपरहण गर्ने  खोज्ने गरेको उनले बताए। उनले सरकार समक्ष न्याय मागिरहेका छन्। उनले आफु यो देशको नागरिक हो या हैन भनेर पनि अन्योलमा रहेको गुनासो पोखेका छन्। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू