भाइरल सावित्री सुबेदी भन्छिन, ‘मेरो सरकारले चाहेमा २४ घण्टाभित्र निर्मला हत्याकाण्डको पर्दाफास हुन्छ [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोध स्वरुप काठमाण्डौको माईतीघरमा पेटीकोट लगाएर विरोध प्रदर्शन गर्ने महिलाहरुको नेतृत्व गरेर सावित्री सुबेदी चर्चामा आएकी हुन्। पछिल्ला समयमा  उनी बलात्कारीलाई फाँसी दिनुपर्छ भन्ने अभियानमा लागेकी छिन्।  सामाजिक अभियानमा लागेपछि परिवारले उनको साथ् छाडेका छन्।

उनले घरमा दशैको बखत टिका नलगाएको ५ वर्ष बित्तिसकेको छ। उनी भन्छिन, ‘सामाजिक कार्यमा लाग्नु भन्दा पनि छोरीको विवाह होस, विवाहपछि मात्रै बोज कम हुने रहेछ, परिवारलाई सम्झाउन बहुत गाह्रो हुने रहेछ, अहिले बुबाआमासँग सम्बाद हुदैन।’

१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनौदिन नाघि सक्दापनी दोषी खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको महिनौ बितिसक्दा पनि घटनामा संलग्न दोषीको पहिचान हुन भने सकेको छैन् । प्रहरी अनुसन्धानमा जति ढिलो हुँदै गएको छ, पीडित परिवार र स्थानीयमा विभिन्न आशंका बढ्न थालेको छ ।

यही घटनाको अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्युसमेत भएको थियो । तत्पश्चात् प्रहरीले पुन: प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको बताए पनि हालसम्म वास्तविक दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानीयमा अनेक शंकाहरु उब्जिएका छन् ।

साबित्री सुबेदी पनि आन्दोलनमा उत्रिएर हत्याको अनेक आशंका गर्छिन । उनी भन्छिन्, ‘एस्पी बिष्टले कानुनविपरित गएर प्रामाण नष्ट  गर्नुभयो। त्यसकारण उनी एक अपराधी नभई महाअपराधी हुन्। उहालाई कठघेरामा खडा गरियोस।’

अपराधी ७७ ओटै जिल्लाको गल्ली-गल्लीबाट महिलाहरुले ‘बल्ताकारीलाई फाँसी दे भनेर’ नारा लगाउँदा पनि न्याय पाउन नसक्नु एक दुखद कुरा रहेको उनको भनाई छ। अपराधीलाई राज्यको संरक्षण मिलेका कारण घटना बाहिर आउन नसकेको उनले बताइन। उनी भन्छिन, ”मेरो सरकारले चाहेमा ४ घण्टाभित्र निर्मला हत्या काण्डको पर्दाफास हुन्छ तर सरकार चाहदैन तिनै अपराधीहरुको जन्जिरमा छ सरकार , त्यो जन्जिर सरकारले तोड्न सकेको छैन।’

 हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू