मानव कल्याण समाजका आमा-बुवाले यसरी मनाए दशैं, सम्झिए घर-परिवार [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

भक्तपुर चाँगुनारायण नगरपालिका–७ स्थित मानव कल्याण समाज संस्थाले दशैको उपलक्ष्यमा टिका ग्रहण कार्यक्रम राखेको थियो। उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश बस्नेत, डाक्टर राम केशर श्रेष्ठ देखि विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा डाक्टर राम केशर श्रेष्ठले वृद्धवृद्धा तथा बालबालिकालाई टीका लगाई दिएका थिए । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले मानव कल्याण समाजलाई व्यक्तिगत रुपमा रु २० हजार नगदसहित कम्मल प्रदान गरेका छन्।आफन्त, घरबारविहीन बालबालिका, वृद्धवृद्धा, अपाङ्ग र असहायको जीवन सहाराका रुपमा स्थापित उक्त समाजले आगामी दिनमा भक्तपुरमा मात्र नभई देशभर सञ्जाल विस्तार गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

उक्त संस्थामा रहेका हरेक सदस्यको अनुहारमा खुशी र परिवारको सम्झनामाको झलक देख्न सकिन्छ  ।  मानब कल्याण समाजले सडकका मानिसलाई गाँस, बास, कपासलगायत व्यवस्था गर्दै बालबालिका तथा वृद्धवृद्धाको जीवन जिउने थलोका रुपमा कार्य गर्दै आइरहेको छ। स

माजमा ४५ जना वृद्धवद्धा रहेकामा अहिले २५ जना बसोबास गरिरहेका छन् । बाँकी २० जनालाई उनीहरुको आफन्तलाई जिम्मा लगाइएको समाजका अध्यक्ष सुमित्रा चौलागाईंको भनाई छ। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू