काभ्रे, ८ कात्तिक: बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित डालेबेशीमा आज बेलुका यात्रुबाहक बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ४ ख ६१४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ५३ प ७९९६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकलमा सवार उदयपुरको कटारी नगरपालिका–५ का ४५ बर्षीय शम्भुकुमार पोखरेल गम्भिर घाइते भएका थिए । उदयपुरका नेकपाका नेता समेत रहेका घाइते उनी धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।