किन आउछ शरीरमा मुसा ?

रिता घिसिंग

झट्ट नजर नपर्ने ठाउँमा मुसा भएमा त्यो मानिसका लागि समस्याको विषय बन्दैन । तर, कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ । चिकित्सा विज्ञानले यसलाई छालारोग भन्छ, जसलाई अंग्रेजीमा वार्टस भनिन्छ । यसबारे केही जानकारी :

१, शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ । केही मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ ।

२, मुसा तोरीदेखि अंगुरको दानासम्मको आकारमा हुन्छ । यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सर्दैन ।

३,सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् । कहिलेकाहीँ छालाको रङजस्तो पनि मुसा उम्रने गर्छ ।

४,मुसा छालाको सतहभन्दा थोरै माथि उठेको हुन्छ । यो गोलाकार, अन्डाकार, च्याप्टो आकारमा देखा पर्छ । र, यो चिल्लो र मुलायम पनि हुन्छ ।

५,कतिपय मुसा हल्लिने खालका पनि हुन्छन् । कतिपय मुसा छुँदा दुख्ने, रगत आउने गर्छ ।

प्रतिक्रिया