गिनिज वर्ल्ड रेकर्डका लागि ६ दिनसम्म लगातार नाच्दै नेपाली चेली बन्दना नेपाल [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। सामान्यतय हामी १० मिनेट नाच्दा पनि हामी थाकेको महसुस गर्छौ। धेरै सके बल्ल तल १ – २ घण्टा मज्जाले नाच्न सकिएला। तर १२६ घण्टा यानिकि ६ दिनसम्म रातदिन नाच्नु भनेको कुनै सानो तिनो कुरा होइन। काठमाडौंको नाराणथानमा बस्दै आएकी बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन्। यसको लागि उनले गिनिज वल्र्ड अफ रेकर्डमा एप्लाई गरिसकेकी बताएकी छन्।

भर्खर ए लेभल पढ्दै गरेकी बन्दना सानै देखि नाच्न रुचाउथीन्। अहिले उनको बिदाको समयमा उनले नेपाललाई विश्व सामु चिनाउने प्रयास गर्दै छिन्। उनको नायिका बन्ने सपना छ। घरमा उनका बुबा पनि गीत गाउँछन्। आफ्नो छोरी डाक्टर बनोस भन्ने बाबुको इच्छा हुँदाहुँदै बन्दना नायिका बन्छु भन्दा बन्दनाका बुबाले कुनै नाईनास्ती गरेनन्। बन्दनाका दाई डाक्टर पढ्दै छन्। जे होस् दुई सन्तान मध्य एक डाक्टर भएकोमा सन्तुष्ट छन् बन्दनाका बुबा।

गिनिज बुकमा नाम लेखाउने आइडिया पनि बन्दनालाई उनकै बुबाले दिएको उनले बताइन्। उनले भनिन् ,”बाबा बिरामी हुँदा हामि उपचारको लागि इन्डिया गएका थियौ। त्यहाँ बाबाले यस्तो पनि रेकर्ड रहेछ भन्ने थाहा पाउनु भएछ। अनि उहाँले नै मलाई रेकर्ड ब्रेक गर्ने प्रस्ताव राख्नु भयो। शुरुमा त म सक्दिन होला भन्ने लागेको थियो तर पछि मिहिनेत गरे के सकिन्न र भनेर आट गरे। ‘ उनले थपिन् , ‘मैले लङ्गेष्ट डान्स म्याराथनको लागि एप्लाई गरेकी छु । मैले १२६ घण्टा नाचेर रेकर्ड राख्न लागेकी हुँ ।

उनको कुरा सुन्दा लाग्छ उनको प्रेरणाको श्रोत उनका पिता नै हुन्। परिवारको साथ, सपोर्ट र माया भए जस्तो गार्हो चिज पनि गर्न सकिन्छ भन्ने कुरा उनले अब प्रमाणित गर्दै छिन्। उनी डान्स टिचर पनि हुन्।

‘यो भन्दा पहिले भारतको केरेलाकी एक जना महिलाले १२४ घण्टा नाचेर कायम गरेकी रेकर्डलाई तोड्न लागेकी हुँ । यो कात्तिक २४ गतेबाट सुरु हुन्छ ।’ उनले थपिन्, ‘१ घण्टामा ५ मिनट रेष्टको टाइम हुन्छ । सो समयमा रेष्ट गर्ने, रेष्टरुम जान मिल्छ ।’

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू