कोशी कपको उपाधि देउरालीलाई

admin

भोजपुर ९ कात्तिक: कोशी कप भलिबल–२०७५ को उपाधि षडानन्द नगरपालिका–१२ देउरालीले हात पारेको छ । देउरालीले कपसँगै रु २५ हजार, दोस्रो षडानन्द नगरपालिका–१३ बोयाले रु १८ हजार र तेस्रो अरुण गाउँपालिका–४ चरम्बीले रु १२ हजार तथा सान्त्वना पुरस्कार षडानन्द नगरपालिका–१० साङपाङले रु सात हजारसहित प्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चरम्बीका मिलन तामाङ र बेस्ट स्पाइकर बोयाका अर्जुन दर्नाल घोषित हुनुभएको छ । यही कात्तिक ५ देखि ८ गतेसम्म भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियोे ।
-रासस

प्रतिक्रिया