‘काठमाडौँ भाइब्स’को छैठौ भाग सार्वजनिक [हेर्नुहोस् भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर  :  युवाहरुलाई लक्षित गरेर निर्माण गरिएको नयाँ नेपाली वेब-एपिसोड ‘काठमाडौँ भाइब्स’को छैठौ भाग पिएनपि मिडिया प्रा. लि. नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

काठमाडौँको विभिन्न भागमा छायांकन भएको ‘काठमाडौँ भाइब्स’ नामक वेब-एपिसोड पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।

सरोज खत्रीको निर्माण र पिएनपि मिडियाको प्रस्तुतिमा बनेको ‘काठमाडौँ भाइब्स’मा विश्वास भण्डारी, अमर लामा, ह्यारी कट्टेल, मेरिना माझी, बद्री पुडासैनी र बीबी राना, लक्ष्मी तामांग, मन्जु तामाङ, उषा कार्की, इदिप राई र अन्जली थापाको मुख्य भूमिका रहेको छ। युवराज खत्रीको निर्देशन रहेको वेब-एपिसोडलाई जीवन पराजुलीले छायांकन गरेका हुन्।

वेब एपिसोड प्रत्येक बिहिबार पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू