फिल्म ‘रातो टिका निधारमा’ बनाउदै अशोक शर्मा, जय भोले टिम नै रहने यस्तो संकेत [हेर्नुहोस भिडियो सहित]

admin

इटहरी, ११ कार्तिक : यसपालिको दशैको फूलपातीको दिनबाट प्रदर्शनरत चलचित्र ‘जय भोले’ टिमका केहि कलाकारका साथमा निर्देशक तथा निर्माता अशोक शर्मा यतिबेला पुर्बका हल अबलोकन तथा पत्रकार भेटघाट कायक्रममा ब्यस्त छन् ।

शनिबार बिराटनगर तथा इटहरीका मल्टिप्लेक्स हलहरु अबलोकन संगै पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा अशोक शर्माले घोषणा गरेको अर्को फिल्म ‘रातो टिका निधारमा’ मा पनि यहि जय भोले टीम नै रहने संकेत गरेका छन्। हेर्नुस विस्तृतमा यो भिडियो :

लामो समयको अन्तराल पछि आफुले ल्याएको चलचित्र राम्रो भएको र दर्शकहरुले रुचाए संगै राम्रो ब्यापार गर्न सफल भएको दाबि गरेका छन् । चलचित्र ‘जय भोले’का कलाकार खगेन्द्र लामिछाने, बुद्धि तामाङ्ग, लक्ष्मी गिरि साथै निर्माता निर्देशक अशोक शर्मा लगायतको उपस्थिति थियो । रातो टिका निधारमा को स्क्रिप्टको कार्य तिहार पछि थालनी हुने शर्माले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू