“सम्माननीय प्रधानमन्त्रीज्यु नै सिके राउतको एजेन्ट हो कि भन्ने शंका लागिरहेको छ” : ज्ञानेन्द्र शाही [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  ज्ञानेन्द्र शाही एक युवा विश्लेषक हुन्। उनले पछिल्लो समयमा करको प्रणालीबारे विरोध गर्दै आएका छन्। उनले विदेशी लुगा परित्याग गरेर नेपाली लुगामात्रै लगाउने र नेपालमा उत्पादन नभएका वस्तुहरुको उत्पादनका लागि प्रोत्साहित गर्न अवधारणा पनि ल्याए। शाहीले  देशको राजनीतिक अवस्था बारे टिक्का टिप्पणी गरेर एकाएक सामाजिक संजालमा भाइरल बनेका छन्।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेकपाले राजधानीको भृकुटीमण्डपमा शनिबार चियापान कार्यक्रमको आयोजना गरेको थियो। सो कार्यक्रममा नेकपाले विप्लब पार्टी देखि सिके राउतसम्मलाई निमन्त्रणा गरेका थिए। स्वतन्त्र तराईको माग गर्दै आएका सिके राउतलाई पनि चियापान कार्यक्रममा गरिएको निमन्त्रणामाथि ज्ञानेन्द्र शाहीले खडा आलोचना व्यक्त गरेका छन्।

उनले सिके राउत एक देश द्रोही रहेको बताए। उनी भन्छन, ‘देशलाई टुक्रा पार्छु भन्ने राजद्रोही र देशद्रोहीलाई चियापान गराउने भनेपछि उनी सरकार भन्दा पनि शक्तिशाली रहेछन।’ यसरी पार्टीमा बोलाउनु भनेको त राज्य पनि देश टुक्राउन लागेको देखिने उनले बताए। उनले थपे, ‘देश नै टुक्रा पार्छु भन्नेलाई चिया पान कार्यक्रममा बोलाउनु भनेको प्रधान मन्त्री र सिके एउटै हुन् । हाम्रो सम्मानीय प्रधानमन्त्री पनि त्यसैका एजेन्ट हुन् कि भन्ने भयो।’

सिके राउतले देशलाई कसरी परजीवी बनाउ भनेर लागेको आरोप लगाए। उनले सिके एक भारतको एजेन्ट रहेको बताए। त्यस्तै, विप्लब पार्टीले पछिल्ला समय आतंक मच्चाएर सरकारले वान्टेडमा समेत राखेको विप्लबलाई बोलाइयो। ”सरकारले विप्लबलाई वान्टेडमा पनि राख्ने र चियापानमा पनि बोलाउने, बरु सिधै भन्दिनुस न हामी, विप्लब र सिके राउत मिलेर देशमा उदण्ड मच्चाउँदै छौ ।” ,उनले भने। उनले सरकारलाई जनताको अगाडी नाटक नगर्न आग्रह गरे।

उनले मधेशीमाथि विभेद गरेकोमा आफु पनि सहमत रहेको बताए। तर सिके न त मदेशको न त देशको रहेको बताए। सिके राउत मात्र देशको विखण्डनकारी रहेको उनको आरोप छ। उनी भन्छन,’देशमा कसले गतिलो राजनीति गरेको छ ? कसैले टाउँको काटेर आए, कसैले १० औ हजारको रगत बगाएर आए, ठुला उधोग जति आज बन्द भएर विदेशको भर पर्नु परेको छ। यी सिकेभन्दा पनि ठुला विखण्डनकारीले चियापानमा बोलाएर आश्चर्य मान्नु पर्ने कुरै छैन। यी एउटै ड्याङ्गका मुला हुन्। यी सबै जनताले विरोध गर्छन भनेर बाहिर नाटक गर्छन।’ उनले विश्वका सबैभन्दा ठुला नाटककार हुन्। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू