मनामा, बहराइन, ११ असोज: पत्रकार जमाल खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि साउदी अरब मा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले बताउनुभएको बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ । अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि कार्यरत खशोग्गीको टर्कीको इस्तानबुलस्थित महाबाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरिएको थियो ।
हत्यामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका १८ जनालाई सुपुर्दगी गर्ने सम्बन्धमा विदेश मन्त्री जुबैरले भन्नुभयो, “साउदी नागरिकहरूलाई साउदी अरबले पक्राउ गरेको र उनीहरूमाथि साउदी अरब मा नै अनुसन्धान हुनेछ ।” टर्कीका अभियोजनकर्ताहरूले पत्रकारको हत्यामा पक्राउ परेका सबै जनालाई टर्कीसमक्ष बुझाउन माग गरिरहेका समयसाउदी अरबका विदेश मन्त्रीको उक्त भनाई आएको हो ।
उहाँले हत्यामा सम्लग्न सबैजनालाई छुट नदिइने प्रतिवद्धता जाहेर गर्दै भन्नुभयो, हत्यामा सम्लग्न व्यक्तिलाई कानूनी कठघरामा उभाएरै छाड्नेछौँ र यस्ता घटना भविष्यमा नघट्ने वातावरणको नागरिक तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रत्याभूत गराउनेछौँ । साउदी सरकारको आलोचक मानिने खशोग्गी टर्कीस्थित महाबाणिज्य दूताबासमा झडपका क्रममा मृत्य भएको स्वीकारे पनि सरकारले उनको हत्या गरिनुको खास कारण छानविनपछि मात्र थाहा हुने भन्दै बताएको छैन । साउदी राजाले हत्या हुनुमा गुप्तचर निकायको पनि कमजोरी रहेको निष्कर्षका साथ केही उच्च पदस्थ अधिकारीलाई पदच्युत गरी संगठनमो पुनः गठन भएको छ ।
-रासस÷सिन्ह्वा