माइकल ज्याक्सन र नेल्सन मण्डेलाको परिवारसँग नजिक रहेका बौद्ध धर्मगुरु नेपाली चलचित्र निर्माणमा [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। नेपालमा प्रोडक्सन हाउसको कुनै कमि छैन। तर नेपालको भाषा र संस्कृति विश्व सामु चिनाउने प्रोडक्सन हाउस भने पक्कै कम छ। त्यसैले पनि भर्खरै मात्र नेपालको कला संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले ‘बज्रकिल्या प्रोडक्सन प्रा.ली.’ को स्थापना गरिएको छ। आईतबार पत्रकार सम्मेलन गर्दै टिमले प्रोडक्सन हाउसको औपचारिक घोषणा गरेको हो।

नेपालको संस्कृति र धर्मको उजागर गर्ने प्रोडक्स हाउसको मुख्य उद्देश्य रहेको प्रोडक्सन हाउसका सीइओ जम्पा फूर्वु दोर्जे लामाले बताए। धर्मगुरु लामा र सोहि प्रोडक्सन हाउसका संचालक तेन्जिङ भोटियाले निर्माण गरेको प्रोडक्सन हाउसमा १ करोड लगानी गरिएको छ। एक करोड लगानीमा स्थापना गरिएको प्रोडक्सनले चलचित्रबाट उठेको रकम दान गर्ने कम्पनीले बताएको छ ।

कार्यक्रमका विषेश अतिथि तथा हलिउड चलचित्र ‘कालचक्र’का कार्यकारी निर्मातासमेत रहिसकेका जम्पा फूर्वु दोर्जे लामाले प्रोडक्सन हाउसले चलचित्र निर्माण मात्रै गर्ने नभएर यसले वृत्तचित्रलगायतका सामाग्री समेत निर्माण गर्ने जानकारी दिए। विश्व प्रशिद्ध पप गायक माइकल ज्याक्सन र नेल्सन मण्डेलाको परिवारसँग निकट रहेका लामा धर्मगुरु समेत हुन्।

समाजसेवामा आवद्ध रहि बुद्ध पीस अवार्डसमेत पाएका उनले यस प्रोडक्सन हाउसले पछिल्लो समय हराउँदै गएको कला संस्किृतलाई विश्वसामु चिनाउने उद्देश्य राखेको उल्लेख गरे। उनले देश बिदेशबाट अन्तर्राष्ट्रिय कलाकार भित्र्याएर च्यारिटी गर्ने र च्यारिटीबाट आएको पैसा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने जानकारी दिए।

यसै प्रोडक्सन हाउसले अब केहि सातापछि धर्म गुरु लामाको जीवनीमा आधारित ‘हिमाली लामा’ नामक वृत्त चित्र निर्माण गर्ने उद्घोष गरेको छ। उनको बाल्यकाल देखि आज सम्मको जीवनकथा उक्त वृत्त चित्रले छर्लंग पार्नेमा उनी विश्वस्त छन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू