युगेन र सकुर दोस्रो चरणमा

मनिषा थापा

काठमाडौँ, १२ कात्तिक (रासस)  :  चाकुपाटका युगेन महर्जन र नागबहालका सकुर शाक्य १०औँ यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

महर्जनले दथुलङ्का सौरेन व्यञ्जनकारलाई २१–१२ र २१–७ को सोझो सेटमा तथा शाक्यले भिन्छेबहालका विशोन बज्राचार्यलाई २१–१० र २१–१८ अङ्कले पराजित गरे । यस्तै प्रयाग पोखरीका पुजन चित्रकारले नागबहालका सम्यक शाक्यलाई २१–९ र २१–१५ अङ्कले, नागबहालका पुजन शाक्यले दथुलङ्का अमोघ शाक्यलाई २१–७ र २१–११ अङ्कले, ओकुबहालका सम्यक शाक्यले दथुलङ्कका रहिस बज्राचार्यलाई २१–३ र २१–८ सोझो सेटले तथा नागबहालका परास्कृत शाक्यले दथुलङ्का रिभास बज्राचार्यलाई २१–१७ र २१–१९ अङ्कले पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरे ।

शङ्खमूलस्थित इलेभन स्टार क्लबको आयोजनामा भएको उक्त प्रतियोगिताको पुरुष युगलतर्फ प्रयोग पोखरीका विक्रम महर्जन र मिलन महर्जनको जोडीले दोस्रो जित निकाले । महर्जन जोडीले चाकुपाटका सञ्जय धाख्वा र मनिल शाक्यको जोडीलाई २१–१० र २१–१५ अङ्कले पराजित गरे । यस्तै भिन्छेबहालका मनिष बज्राचार्य र सुजीत वज्राचार्यको जोडीले कोबहालका विदुर शाक्य र राकेश शाक्यको जोडीलाई हरायो । बज्राचार्यको जोडीले शाक्यको जोडीलाई २१–९ र २१–८ अङ्कले हरायो ।

सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडीले ओकुबहालका सुवोध शाक्य र सञ्जय शाक्यको जोडीलाई २७–२५ र २१–१० को सोझो सेटमा, गुईटोलका किरण महर्जन र ज्ञानेन्द्र महर्जनको जोडीले चाकुपाटका अरविन्द तण्डुकार र रोशन तण्डुकारको जोडीलाई २१–११ र २१–१० अङ्कले, ओकुबहालका सुदेश शाक्य र विक्रम शाक्यको जोडीले हखाका प्रतीक शाक्य र अमन शाक्यको जोडीलाई २१–१६ र २१–११ ले, गुइटोलका सुमन डँगोल र कपिल महर्जनको जोडीले कोबहालका बुद्धरत्न महर्जन र रमेश महर्जनको जोडीलाई १७–२१, २१–१५ र २१–१३ अङ्कले, चाकुपाटका राजन शाक्य र राजेश मलेगोको जोडीले पिन्छेका सुरेन्द्र महर्जन र रुशाल महर्जनलाई २१–१८ र २१–९ अङ्कले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे ।

यसैगरी नागबहालका विभुषण शाक्य र सन्त शाक्यको जोडीले इकालाकुका किरण चित्रकार र रोशन बज्राचार्यको जोडीलाई २१–१९ र २१–१९ ले हराए । दथुलङ्काका सन्नी डँगोल र सचिन डँगोलको जोडीले नागबहालका सहज शाक्य र सुजल शाक्यको जोडीलाई १८–२१, २२–२० र २२–२० अङ्कले हराए । भूबहालका बाबुराजा बज्राचार्य र उमङ्ग डँगोलको जोडीले ओकुबहालका निशेष शाक्य र राजु महर्जनको जोडीलाई २१–१७ र २१–१९ अङ्कले तथा दथुलङ्कका शैलेन्द्र डङ्गोल र राजेश महर्जनको जोडीले चाकुपाटका सुमेश शाक्य र सुजन शाक्यको जोडीलाई २१–१९, ७–२१ र २१–१३ अङ्कले हराउँदै अर्को चरण प्रवेश गरे ।

प्रतिक्रिया