नेपाल बंगलादेशसित पराजित, पाकिस्तानसित सेमिफाइनल भिडन्त

admin

काठमाडौं, कात्तिक १२ : काठमाडौंमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो ।बंगलादेशको जितमा दुवै गोल एन्बे अहमदले गरे । नेपालका लागि जान लिम्बूले पेनाल्टीमार्फत् एक गोल गरेका थिए ।

१० जनामा समेटिएको बंगलादेशमाथि हावी हुन नसक्दा नेपाल पराजित भएको हो ।यो हारले नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा पुग्दा बंगलादेश समूह विजेता बनेको हो । अब सेमिफाइनलमा नेपालले पाकिस्तानसित खेल्नेछ । पाकिस्तान समूह ‘बी’को विजेता हो ।अर्को सेमिफाइनलमा बंगलादेश र भारत भिड्नेछन् । दुवै सेमिफाइनल खेल आगामी बुधबार हुनेछन् । ६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा समूह ‘ए’बाट माल्दिभ्स र समूह ‘बी’बाट भुटान समूह चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया