घुस लिएको अभियोगमा अन्सारीविरुद्ध मुद्दा दायर

admin

काठमाडौँ, १२ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल–भारत सीमा बजारबाट भन्सार छली ल्याइएका सामान लैजान सहज बनाइदिने बहानामा सेवाग्राहीसँग रु ३० हजार घुस लिएको अभियोग उहाँमाथि लागेको छ । बिगोबमोजिम जरीवाना असुल र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया