चौथो घोडेटार गोल्डकपको उपाधि एभरेष्ट क्लबलाई

admin

भोजपुर, १२ कात्तिक: हतुवागढी गाउँपालिकामा सञ्चालन भएको चौथो घोडेटार गोल्डकप २०७५ प्रतियोगितामा एभरेष्ट फुटबल क्लब नरहा सुनसरीले हात पारेको छ । आयोजक घोरेटार फुटबल क्लब उपविजेता भएको छ ।

विजेता भएसंँगै एभरेष्ट क्लबले रु एक लाख, ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेता घोरेटार क्लबले रु ५० हजार, पदक र प्रमाणपत्र हात पारेका छन् । आज भएको फाइनल खेलमा एभरेष्ट क्लबले घोरेटार क्लबलाई ५–० गोलले पराजित गरेको थियो । यही कात्तिक ८ गतेदेखि शुरु भएको प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए
-रासस

प्रतिक्रिया