वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान’ दिइने

admin

काठमाडौँ, १२ कात्तिक: पेप्सीकोला टाउन प्लानिङस्थित करियर बिल्डिङ इन्टरनेशनल एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने भएको छ । विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार धावक मानन्धरलाई रु ११ हजार १११ र ताम्रपत्रसहितको उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।

पचपन्न वर्षदेखि निरन्तर दौडिँदै आउनुभएका मानन्धरको दौडप्रतिको लगावको उच्च सम्मान गर्दै सो सम्मान प्रदान गर्ने निर्णय गरिएको बताइएको छ । विद्यालयले यसअघि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई ‘करियर स्रष्टा सम्मान’ दिएको थियो भने नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि सम्मान गरेको थियो । यसै महीनाको अन्त्यतिर सो सम्मान दिइने छ ।
-रासस

प्रतिक्रिया