दैलेखी युथकप खेल महोत्सव शुरु

admin

दुल्लु, १२ कात्तिक : दैलेखका युवाले पाँच वर्षदेखि निरन्तर आयोजना गर्दै आएको दैलेखी युथ कप खेल महोत्सवको पाँचाँै संस्करण आजदेखि शुरु भएको छ । महोत्सवको प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा र पार्वतीकुमारी विशुन्केले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । यस वर्षको उक्त खेल महोत्सवको मूल नारा ‘प्रतिगोल भ्रष्टाचारविरुद्धको बोल, प्रतिसट महिला हिंसा तथा बाल श्रमविरुद्ध खट’ तय गरेको छ । सो अवसरमा सांसद शर्माले खेलकुद मैदान निर्माण गर्न पहल थालिएको बताउनुभयो ।

महोत्सवमा फुटबलतर्फ पहिला हुनेलाई रु एक लाख १० हजार तथा भलिबलतर्फ पहिला हुनेलाई रु ५० हजार र दोस्रो हुनेलाई रु २५ हजार पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गरिने दैलेखी युथका अध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । यस्तै ब्याटमिन्टनतर्फ पहिलालाई रु २५ हजार र दोस्रालाई रु १२ हजार पुरस्कार प्रदान गरिने छ ।

अध्यक्ष शाहीले दैलेखमा खेलकूद प्रतियोगिता सञ्चालनका लागि उचित खेलमैदान नहुँदा खेलाडीहरु पछि परेको गुनासो गर्नुभयो । फुटबल प्रतियोगिता नारायण क्याम्पसको चौरमा यही कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ ।
-रासस

प्रतिक्रिया