क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

admin

काठमाडौं, कार्तिक १३ : नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको समाचार आजको कान्तिपुरमा छापिएको छ । विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो ।

पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो । विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् । यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू