कोसी र बक्राहाको बाढी नियन्त्रण गर्न छुट्टै आयोजना, वर्षेनी करोडौँ खर्च प्रभावहीन

admin

विराटनगर , १३ कात्तिक: कोसी र बक्राहा नदीको बाढी समस्या समाधानका लागि अलग्गै आयोजना सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका–१ भट्टाचौकमा कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजना स्थापना गरिएको छ ।

कार्यालयमा तीन इन्जिनियर, तीन सबइन्जिनियरसहित १३ कर्मचारी छन् । बाढी नियन्त्रण गर्न सरकारले वर्षेनी करोडौँ रुपैयाँ खर्च गर्दै आए पनि समस्या समाधान नभएपछि दिगो समाधानका लागि आयोजना सञ्चालनमा ल्याएको प्रमुख ईश्वरीप्रसाद तिवारीले बताए ।

तिवारीका अनुसार आयोजनाले कोसी समस्याबारे विस्तृत अध्ययन मात्र गर्नेछ भने बक्राहा नदीको जलाधार र बहाव क्षेत्रको अवस्था अध्ययन गरेर दिगो व्यवस्थापनका लागि निर्माणको काम पनि गर्ने समाचार नयाँ पत्रिकामा छ। आयोजनाका अनुसार चालू वर्षमा कोसी नदीका लागि २ करोड २५ लाख र बक्राहा नदीका लागि ८ करोड २ लाख रुपैयाँ मात्र निकासा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू