काठमाडौं, १३ कात्तिक : युवा तथा सानाव्यवसायी स्वरोजगार कोषले ९ बर्षमा सात अर्बभन्दा बढी खर्चेको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । यसमा ठूलो र कम अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रको निष्कर्ष छ ।
कोषले ५५ हजारलाई तालिम दिई स्वरोजगार बनाउन रकम खर्चेको दाबी गरेको छ । तर, केन्द्रको चार महिने अनुसन्धानले त्यस्तो दाबीलाई गलत सावित गरिदिएको छ । स्वरोजगारका नाममा खर्चिएको रकम ‘बालुवामा पानी’ भएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालको भनाइ छ ।